साफ महिला च्याम्पियन्सिपमा सोमबार नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै छ।
दशरथ रंगशालामा हुने उक्त खेल साढे ५ बजे सुरु हुनेछ।
आजको खेलमा जित हात पारेको खण्डमा नेपाल समूह विजेताको हैसियतमा सेमिफाइनलमा प्रवेश गर्नेछ भने श्रीलंका समूह चरणबाटै बाहिरिनेछ।
यसअघि पहिलो खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको थियो।
अर्को खेलमा भुटानले श्रीलंकामाथि ५–० गोल अन्तरको फराकिलो जित दर्ता गरेको थियो।
105
Shares
प्रतिक्रिया