खेल


साफ च्याम्पियन्सिपको महिला र उमेर दुवै समूहमा श्रीलंकासँग भिड्दै नेपाल

साफ च्याम्पियन्सिपको महिला र उमेर दुवै समूहमा श्रीलंकासँग भिड्दै नेपाल

नेपालखबर
भदौ २७, २०७९ सोमबार १२:४९, काठमाडौँ

साफ च्याम्पियनसिपको उमेर समूह र राष्ट्रिय महिला टोलीले सोमबार श्रीलंकासँग भिड्दै छन्। 

राष्ट्रिय महिला टोलीले घरेलु मैदानमा सिनियर टोलीसँग अन्तिम ४ मा पुग्नका लागि खेल्दै छ। उता उमेर समुहको यू–१७ टोलीले फाइनल पुग्न श्रीलंकाको घरेलु मैदानमा खेल्नेछ।

श्रीलंकामा हुने खेलमा नेपाल घरेलु टोलीलाई पराजित गर्दै उपाधि नजिक पुग्ने योजनामा छ। आजको खेलमा नेपालले श्रीलंकालाई पराजित गरे भारत र बंगलादेशमध्ये एकलाई फाइनलमा पाउनेछ। आजै हुने पहिलो सेमिफाइनलमा भारत र बंगलादेश खेल्दै छन्। 

समूह बी मा रहेको नेपाल समूह विजेताको रुपमा अन्तिम ४ मा पुगेको हो। नेपालले समुह चरणमा भुटानलाई २–१ तथा भारतलाई ३–१ ले हराएको थियो। खेल राति सवा ८ बजे हुनेछ। 

यता नेपाली राष्ट्रिय महिला फुटबल टोलीले समूह चरणको पहिलो खेलमा भुटानलाई ४–० गोलअन्तरले हराएको थियो। भुटानले आफ्नो दोस्रो खेलमा श्रीलंकालाई ५–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ। 

समूह बी को अन्तिम खेलमा श्रीलंकाविरुद्ध जित वा बराबरीले पनि घरेलु टोली सेमिफाइनल पुग्नेछ। नेपालले सेमिफाइनलमा भारत वा बंगलादेशमध्ये एक टोलीसँग खेल्नेछ। खेल दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .