अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्बाङले विश्व फुटबल महासंघ (फिफा)का अध्यक्ष जायन्नी इन्फेन्टिनोसँग भेट गरेका छन्।
कतारको दोहामा भएको भेटमा इन्फेन्टिनोले अध्यक्ष नेम्बाङलाई बधाई दिएको एन्फाले जनाएको छ।
नेम्बाङले इन्फेन्टिनोसँग नेपालमा भइरहेको साफ महिला च्याम्पियनसिप तथा अन्य फुटबलसम्बन्धी गतिविधिबारे छलफल गरेका थिए।
साथै उनले एन्फालाई फिफाले गरेको सहयोग र समर्थनका लागि धन्यवाद दिएको एन्फाले जनाएको छ। वर्तमान एन्फा कार्यसमितिले नेपालमा फुटबलको विकासको लागि प्रतिबद्ध रहेको इन्फेन्टिनोलाई नेम्बाङले जानकारी गराएका थिए।
नेम्वाङ अहिले कतारको भ्रमणमा छन्। शनिबार मात्रै उनले कतार फुटबल एसोसिएसन अध्यक्ष हमाद बिन खालिफा बिन अहमद अल थानीसँग भेटवार्ता गरेका थिए।
42
Shares
प्रतिक्रिया