साफ महिला च्याम्पियनसिप अन्तर्गत श्रीलंकाविरुद्धको खेलका लागि सुरुवाती ११ खेलाडी सार्वजनिक भएको छ।
त्रिपुरेशवरस्थित दशरथ रगंशालामा हुने आजको खेलमा मुख्य फरवर्ड सावित्रा भण्डारी टोली बाहिर छिन्।
डेङ्गु देखिएपछि उनलाई आराम दिइएको छ।
आजको खेलमा आक्रमण रेखा पौडेल र रश्मी कुमारीले सम्हाल्नेछन्। मिडफिल्डमा अनिता बस्नेत, सर लिम्बु, दिपा शाही र अनिता केसी छन्। रक्षकको जिम्मा गिता राना, पुनम जर्घामगर, अमृता जैसी र हिरा कुमारी भुजेलमा छ।
टोलीको गोलपोष्ट कप्तान एञ्जिला तुम्बापो सुब्बाले सम्हाल्नेछिन्।
नेपालले पहिलो खेलमा भुटानलाई ४–० ले हराएको थियो। भुटानले भने श्रीलंकालाई ५–० ले पराजित गर्दै अन्तिम ४ मा स्थान पक्का गरिसकेको छ।
श्रीलंका पहिलो जितको खोजीमा हुँदा नेपाल दोस्रो जित निकाल्ने दाउमा छ।
90
Shares
प्रतिक्रिया