साफ महिला च्याम्पियनसिप फुटबलमा श्रीलंकाविरुद्ध नेपालले अग्रता बनाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा सोमबार जारी खेलको पहिलो हाफमा नेपालले श्रीलंकाविरुद्ध ४–० को गोल अन्तरले अग्रता बनाएको हो। नेपालका लागि रश्मी कुमारी घिसिङ, सरु लिम्बु, अमृता जैसी र दीपा शाहीले गोल गरिन्।
खेलको १० औँ मिनेटमा रश्मी कुमारी घिसिङले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन्। रश्मीले हिरा कुमारी भुजेलको क्रसमा गोल गरिन्।
११ औँ मिनेटमा सरु लिम्बुले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन्। सरुले अमृता जैसीको क्रसमा हेडर गोल गर्दै गरिन्। १७ औँ मिनेटमा अमृता जैसीले गाेल गर्दै खेललाई ३–० को अवस्थामा ल्याइन्। उनले अमृता जैसीको कर्नरमा हेडर गोल गर्दै अग्रता फराकिलो पारिन्।
३२ औँ मिनेटमा श्रीलंकाकी खेलाडीले दीपा शाहीलाई लडाएपछि पाएको फ्रि कीकमा अनिता केसीको फ्रि कीक पोष्टको नजिकबाट बाहिरिँदा नेपालले अग्रता फराकिलो पार्ने मौका गुमायो।
नेपालले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै खेलमा ४–० को अग्रता बनायो। जारी साफमा डेब्यु गरेकी दीपाले पहिलो गोल गरेकी हुन्।
Shares
प्रतिक्रिया