साफ महिला च्याम्पियनसिप फुटबलमा माल्दिभ्सविरुद्ध पाकिस्तानले सुरुवाती अग्रता बनाएको छ।
काठमाडौको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा पाकिस्तान १–० ले अघि छ।
पाकिस्तानका लागि फातिमाथ इन्सा आदमले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी हुन्। पहिलो हाफमा पाकिस्तानले गोल गर्ने थुप्रै अवसर पाए पनि त्यसलाई जोगाउन सकेन।
समूह ए मा रहेका दुवै टोलीले समुह चरणको आफ्नो अन्तिम खेल खेलिरहेका छन्। अंक तालिकाको पुछारमा रहेका दुवै टोली सान्त्वना जित निकाल्दै च्याम्पियनसिप सकाउन चाहन्छन्।
समूह चरणको अन्तिम खेलमा आजै भारत र बंगलादेश भिड्दै छन्। यी दुई टोलीको खेलले समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ।
39
Shares
प्रतिक्रिया