च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको खेलमा बार्सिलोना बार्यन म्युनिखसँग २–० गोल अन्तरले पराजित भएको छ।
मंगलबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको भए पनि दोस्रो हाफमा बार्यनले दुई गोल थपेको हो।
बार्यन म्युनिखलाई जित दिलाउने क्रममा खेलको ५० औं मिनेटमा लुकास हर्नान्डेजले गोल गरेका थिए।
त्यसको चार मिनेटपछि लेरोय सानेले अर्को गोल थपे।
यससँगै बार्यन म्युनिखले समूह सीमा २ खेलबाट ६ अंक हात पारेको छ भने बार्सिलोनाले भने ३ अंक जोडेको छ।
225
Shares
प्रतिक्रिया