साफ यू–१७ फुटबल च्याम्पियनसिपको उपाधिका लागि बुधबार नेपाल र भारत भिड्दै छन्।
श्रीलंकाको कोलम्बोस्थित रेस कोर्ष इन्टरनेशनल स्टेडियममा हुने खेल साँझ सबा ७ बजेपछि सुरु हुनेछ।
आजको फाइनल खेलमा नेपाल उच्च मनोबलमा मैदान उत्रनेछ। समुह चरणमा भारतलाई हराएको नेपाल सोही लयलाई निरन्तरता दिने योजनामा छ। उता भारत भने समुह चरणमा भोगेको हारको बदला लिने दाउमा छ।
जारी साफमा नेपाल र भारत दोस्रो पटक भिड्न लागेका हुन्। पहिलो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई २–१ ले हराउँदा दोस्रो सेमिफाइनल खेलमा नेपालले श्रीलंकालाई ६–० को फराकिलो अन्तरले पाखा लगाएको थियो।
यसअघि समुह चरणमा भएको खेलमा नेपालले भारतलाई ३–१ ले हराएको थियो। पहिलो खेलमा भुटानलाई २–१ पराजित गरेको थियो। समूह चरणमा भारतले भने भुटानलाई ३–० हराएको थियो।
Shares
प्रतिक्रिया