ad ad

खेल


मेस्सी, नेयमार र एमबाप्पेको गोलमा पीएसजीको जित

मेस्सी, नेयमार र एमबाप्पेको गोलमा पीएसजीको जित

नेपालखबर
भदौ ३०, २०७९ बिहिबार ६:४१, काठमाडौँ

च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले माकाबी हाइफामाथि ३–१ गोल अन्तरको जित हात पारेको छ।

बुधबारको खेलको २४ औं मिनेटमा नै गोल गर्दै हाइफाले अग्रता लिएको थियो। तर, खेलको ३७ औं मिनेटमा पीएसजीका लागि लियोनेल मेस्सीले बराबरी गोल फर्काएका थिए।

पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा पीएसजीले थप दुई गोल गरेको थियो। खेलको ६९ औं मिनेटमा किलियान एमबाप्पेले गोल गरेका थिए भने ८८ औं मिनेटमा नेयमारले एक गोल थपेका थिए। 

यसअघि पहिलो खेलमा पीएसजीले युभेन्टसमाथि जित हात पारेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .