साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनल खेलमा नेपालले पहिलो गोल गरेको छ। दशरथ रंगशालामा जारी खेलमा नेपालका लाति रश्मि कुमारी घिसिङले पहिलो गोल गरेकी हुन्।
यसअघि सन् २०१६ मा भएको हारको बदला लिने योजनामा नेपालको खेल छ।
साफको पाँचौ संस्करणमध्ये ४ वटा संस्करणमा नेपाल फाइनलमा पुगेको थियो। नेपाल चारै संस्करणको उपविजेता हो।
सन् २०१६ मा भएको सेमिफाइनल खेलमा नेपाल भारतसँग पराजित हुँदै उपाधि होडबाट टाढा भएको थियो। तत्कालीन समयमा नेपाली टोलीको मुख्य प्रशिक्षकमा कुमार थापा नै थिए।
यही हिसाबमा पनि नेपालको लागि इतिहास बनाउने मौका छ। नेपालका लागि आजको खेल एक अवसरका रुपमा पनि रहेको छ।
60
Shares
प्रतिक्रिया