इंग्लिस प्रिमियर लिगअन्तर्गत शुक्रबार राति भएको खेलमा एस्टन भिल्लाले साउथाम्टनमाथि १–० गोल अन्तरको जित हात पारेको छ।
शुक्रबारको खेलमा एस्टन भिल्लालाई जित दिलाउने क्रममा खेलको ४१ औं मिनेटमा जाकोब राम्सीले निर्णायक गोल गरे।
एस्टन भिल्लाको लागि जारी लिगमा यो दोस्रो जित हो। उसले ७ खेलबाट समान ७ अंक जोडेको छ।
एक स्थान अगाडि रहेको साउथाम्टनको पनि समान खेलबाट समान अंक छ।
33
Shares
प्रतिक्रिया