इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले वुल्भ्सविरुद्ध ३–० गोल अन्तरको जित हात पारेको छ।
शनिबारको खेलमा टोलीलाई महत्वपूर्ण तीन अंक दिलाउने क्रममा खेलको पहिलो मिनेटमा ज्याक ग्रिएलिसले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यस्तै १६ औं मिनेटमा एर्लिङ हालान्डले अग्रता दोब्बर पारेका थिए।
खेलको ६९ औं मिनेटमा फिल फोडेनले एक गोल थपे। खेलको ३३ औं मिनेटमा वुल्भ्सका नाथान कोलिन्स रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।
यससँगै लिगमा सिटीले ७ खेलबाट १७ अंक हात पारेको छ। समान खेलबाट समान अंक जोडेको टोटनह्याम दोस्रो स्थानमा छ।
36
Shares
प्रतिक्रिया