जर्मन बुन्डेसलिगाअन्तर्गत शनिबार राति भएको खेलमा बार्यन म्युनिख औगस्बर्गसँग १–० गोल अन्तरले पराजित भएको छ।
शनिबारको खेलमा औगस्बर्गलाई जित दिलाउने क्रममा खेलको ५९ औं मिनेटमा मर्गिम बेरिशले निर्णायक गोल गरेका थिए।
बार्यन म्युनिखको लागि जारी लिगमा यो पहिलो हार हो। बार्यनले लिगमा ७ खेलबाट १२ अंक हात पारेको छ।
33
Shares
प्रतिक्रिया