स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले एथ्लेटिको मड्रिडमाथि २–१ गोल अन्तरको जित हात पारेको छ।
आइतबारको खेलमा रियललाई जित दिलाउने क्रममा खेलको १८ औं मिनेटमा रोड्रिगो र ३६ औं मिनेटमा फेडेरिको भल्भेर्डले १/१ गोल गरेका थिए।
खेलको ८३ औं मिनेटमा मारिओ हर्मोसोले एथ्लेटिको मड्रिडका लागि एक गोल फर्काएका थिए तर उनी खेलको इन्ज्युरी समयमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिए।
यससँगै लिगमा रियलले आफ्नो शतप्रतिशत जितको नतिजालाई निरन्तरता दिएको छ।
लिगको शीर्षस्थानमा रहेको रियलले ६ खेलबाट १८ अंक जोडेको छ।
दोस्रो स्थानमा रहेको बार्सिलोनाले समान खेलबाट १६ अंक हात पारेको छ।
39
Shares
प्रतिक्रिया