तेक्वान्दोका किर्तिमनी खेलाडी तथा ओलम्पियन दीपक विष्ट, भलिबल प्रशिक्षक जगदिश भट्ट, कप्तान अरुणा शाहीसहित खेल क्षेत्रका दर्जनबढी मानपदवी तथा पदकबाट सम्मानित हुने भएका छन्।
संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्ने पदकबाट खेलाडी, प्रशिक्षक लगायत खेलकर्मी गरी १७ जना विभिन्न पदक तथा मानपदबीबाट विभूषित हुन लागेका हुन्।
खेलक्षेत्रबाट तेक्वान्दोका किर्तिमानी खेलाडी ओलम्पियन दीपक विष्टमात्र प्रबल जनसेवाश्रीबाट विभूषित हुने भएका छन्। विष्टले दक्षिण एसियाली खेलकुदमा (साग) मा लगातार चार स्वर्ण, एसियाली खेलकुदमा २ कास्य जित्नुका साथै छनोट चरण पार गरे ओलम्पिक खेल्ने दोस्रो खेलाडी हुन्।
जन सेवाश्री बाट महिला राष्ट्रिय भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्ट, कप्तान अरुणा शाही, युथ पारा एसियन च्याम्पियनसिपकी स्वर्ण पदक विजेता पलेशा गोबर्द्धन, नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठ, फुटबल प्रशिक्षक अरुणा गुरुङ र तेक्वान्दो खेलाडी भजिन्द्रबहादुर क्षेत्री विभूषित हुन लागेका हुन्।
नेपाल प्रताप भूषणबाट पूर्व एथ्लेटिक्स खेलाडी एपीएफकी प्रमिला रिजाल विभूषित हुँदै छिन्।
यस्तै सुकीर्ति पदकबाट रेनुका श्रेष्ठ, दीपक महर्जन, प्रशान्त मल्ल, श्याम गुरुङ, मोतीकला गुरुङ, शिवनध्वज देवान राई र रन्जित तामाङ विभूषित हुनेछन्।
Shares
प्रतिक्रिया