काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहले महिला राष्ट्रिय फुटबल टोलीलाई जितको शुभकामना दिएका छन्।
साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले सोमबार बगंलादेशको सामना गर्दैछ। खेल दशरथ रगंशालामा साँझ ५ बजे सुरु हुनेछ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राष्ट्रिय टोलीलाई शुभकामना दिएका हुन्। उनले लेखेका छन्, द्धहामी ऐेतिहासिक जितभन्दा एक कदममात्र पछाडी छौ, आजको जितले हाम्रो महिला फुटबलले नयाँ अध्याय सुरु गर्नेछ भन्ने विश्वास छ। जितको लागि सम्पुर्ण टिमलाई शुभकामना, जय नेपाल।’
साफ च्याम्पिनयसिपमा नेपालले अहिलेसम्म बंगलादेशसँग हार व्यहोर्नुपरेको छैन। नेपाल पाँचौँ प्रयासमा उपाधि घरमा नै राख्ने योजनामा छ। उता बगंलादेश भने दोस्रो प्रयासमा उपाधि जित्न चाहान्छ।
24
Shares
प्रतिक्रिया