साफ महिला च्याम्पिनयसिप फाइनलमा नेपालले पहिलो गोल गरेको छ।
पहिलो हाफमा बंगलादेशले २ गोलले अग्रता लिएको थियो। नेपालका लागि अनिता बस्नेतले पहिलो गोल गर्दै नेपाल खेलमा फर्किएको छ।
खेलको ७० मिनेटमा बस्नेतले पहिलो गोल गर्दै नेपाललाई २–१ को अवस्थामा ल्याएकी छिन्।
दशरथ रंगशालमा जारी खेलको पहिलो हाफमा बंगलादेशका लागि साम्सुनाहर र श्रीमती केष्ण रानी सरकारले गोल गरे।
साफ च्याम्पियनसिप : बंगलादेशले लियो नेपाल विरुद्ध २ गोलको अग्रता
खेलको १४ औँ मिनेटमा मोनिका चकमाको पासमा साम्सुनाहरले गोल गर्दै बंगलादेशलाई सुरुवाती अग्रता दिलाएकी थिइन्।
पाँचौ पटक साफ च्यम्पियनसिपको फाइनलमा पुगेको नेपाल उपाधि घरमा नै राख्ने योजनामा छ। उता दोस्रो पटक उपाधि नजिक पुगेको बंगलादेश उपाधि उचाल्दै किर्तिमान बनाउन चाहन्छ।
साफको पाँच पटकको उपाधि विजेता भारतलाई पराजित गर्दै दुवै टोली उपाधि नजिक पुगेका हुन्।
बंगलादेशले समुह चरणमा भारतलाई हराएको थियो भने नेपालले सेमिफाइनलमा भारतलाई हराएको थियो।
Shares
प्रतिक्रिया