ad ad

खेल


प्रधानसेनापति छात्रा तेक्वान्दो प्रतियोगितामा सैनिक महाविद्यालय प्रथम

प्रधानसेनापति छात्रा तेक्वान्दो प्रतियोगितामा सैनिक महाविद्यालय प्रथम

नेपालखबर
माघ २२, २०७९ आइतबार २१:४१, काठमाडौँ

‘चौथो प्रधान सेनापति छात्रा तेक्वान्दो प्रतियोगिता–२०७९’ प्रतियोगितामा आयोजक टिम श्री विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय प्रथम भएको छ। 

उपत्यका भित्र र बाहिरका विभिन्न जिल्लाका विद्यालय तथा डोजाङका खेलाडीहरूको सहभागिता रहेको जम्मा ३२ वटा टिमहरूमध्ये ५ स्वर्ण, ४ रजत र ३ कास्य पदक प्राप्त गरी आयोजक टिम च्याम्पिएन भएको हो।

यस्तै, ३ स्वर्ण, २ रजत र १ कास्य पदक प्राप्त गरी लैनचौर तेक्वान्दो डोजाङ टिम द्वितीय भएको छ भने ३ स्वर्ण र १ कास्य पदक प्राप्त गरी विश्व निकेतन स्कुल, त्रिपुरेश्वर टिम तृतीय हुन सफल भयो। 

विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयकी छात्रा दीपिका गुरुङ जुनियर तर्फको उत्कृष्ट खेलाडी र विश्व निकेतन स्कुल, त्रिपुरेश्वरकी मनिषा तामाङ सिनियर तर्फको उत्कृष्ट खेलाडी घोषित भए। 

कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले महाविद्यालयको वार्षिक मुखपत्र ‘आशाकिरण’ को नवौं अङ्क विमोचन समेत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .