ad ad

खेल


विश्वकपमा पुगेर घर फर्कियो युवा क्रिकेट टोली (तस्बिरहरु)

विश्वकपमा पुगेर घर फर्कियो युवा क्रिकेट टोली (तस्बिरहरु)

नेपाली यू१९ क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा स्वागत गरिँदै। तस्बिर : सरोज बैजु/नेपालखबर


सरोज बैजु
फागुन १९, २०७९ शुक्रबार १९:४५, काठमाडौँ

यूएईलाई हराउँदै यू१९ क्रिकेट विश्वकप क्रिकेटमा छनोट भएको नेपाली युवा टोली घर फर्किएको छ।

घरेलु टोली युएईलाई ७ रनले पराजित गर्दै ८ वर्षपछि विश्वकप यात्रा तय गरेको नेपाली यू१९ टोलीलाई शुक्रबार साँझ त्रिभुवन विमानस्थलमा उत्रिएको हो।

श्रीलंकामा हुने विश्वकपमा छनोट भएर आएको टोलीलाई त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट संघका पदाधिकारीहरुले स्वागत गरे। 

सन् २०१९ मा युएईसँगको हारको बदला लिएर घर आएको टोलीलाई यसअघि नै सरकारले जनही १ लाख पुरस्कार दिने निर्णय गरेको छ। 

हारको नजिक पुगेको नेपालका लागि दीपेश कँडेलले ४७ औं ओभरमा तीन विकेट लिएपछि नेपालले विश्वकप यात्रा तय गरेको थियो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .