ad ad

खेल


नेपालसँग भिड्नुअघि यूएईका कप्तानको कीर्तिमानी प्रदर्शन

नेपालसँग भिड्नुअघि यूएईका कप्तानको कीर्तिमानी प्रदर्शन

नेपालखबर
चैत १, २०७९ बुधबार १५:४०, काठमाडौँ

यूएईका कप्तान मुहम्मद वासिमले पपुवा न्यु गिनीविरुद्ध बुधबार भएको खेलमा कीर्तिमानी शतक बनाएका छन्।

पीएनजीले दिएको २३५ रनको चुनौती पछ्याउने क्रममा ओपनिङमै आएका वासिमले ६० बलमा शतक बनाएका हुन्। 

त्यसक्रममा उनले ५ चौका र ११  छक्का पनि प्रहार गरेका छन्। वान डेतर्फ वासिमले पहिलो शतक बनाएका हु्न्।

उनले यसअघि आफ्नो नाममा सर्वाधिक ७७ रनको कीर्तिमान बनाएका थिए। उनले टी-२० तर्फ शतक हान्दै सर्वाधिक ११२ रनको कीर्तिमान बनाएका थिए।

तर उनले बुधबार पीएनजीविरुद्धको खेलमा उक्त कीर्तिमान पनि तोडेका छन्। उनले ७६ बलमा ११९ रन बनाउँदै आउट भएका छन्। 

उनलाई हेकुरेको बलमा मोरेयाले क्याच आउट गराएका हुन्। 

यसअघि उनले ओडिआईतर्फ २९ खेलमा व्यक्तिगत ५१४ रन बनाइसकेका छन्। पाकिस्तानमा जन्मिएका वासिम अहिले यूएईबाट खेल्ने गरेका छन्।

२३५ रनको लक्ष्य पछ्याएको यूएई ताजा अवस्थामा २६ ओभर खेल्दै २ विकेट गुमाएर १६९ रनमा पुगिसकेको छ।

वासिमले कप्तानी पारी खेलेर शतक बनाएपछि पीएनजीमाथि दबाब परेको छ। यूएईले बिहीबार आइसीसी विश्वकप लिग डिभिजन २ अन्तर्गत नेपालसँग अन्तिम खेल खेल्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .