ad ad

खेल


विश्वकप छनोटमा पुगेको टोलीलाई राष्ट्रपति र प्रधानमन्त्रीको बधाई

विश्वकप छनोटमा पुगेको टोलीलाई राष्ट्रपति र प्रधानमन्त्रीको बधाई

फाइल तस्बिर


नेपालखबर
चैत २, २०७९ बिहिबार १८:५४, काठमाडौँ

नेपाली क्रिकेट टोली विश्वकप क्रिकेट छनोटमा पुगेपछि राष्ट्रपति र प्रधानमन्त्रीले बधाई दिएका छन्। 

नेपाली टोलीले डीएल मेथोडका आधारमा यूएईलाई ९ रनले हराउँदे जिम्बाब्वेको यात्रा तय गरेपछि दुवैले बधाई दिएका हुन्। 

राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुरस्थित खेल मैदानमा आइसीसी क्रिकेट विश्वकप लिग– २ अन्तरगतको खेलमा नेपाल विजयी भएकोमा बधाई दिएका हुन्। उनले खेलाडीहरुलाई बधाई पनि दिएका छन्। 

नेपालले पनि एकदिवसीय विश्वकप छनौट खेल खेल्न पाउने अवसर प्राप्त गरेकोमा पौडेलले खुशी व्यक्त गरेको उनको सचिवालयले जनाएको छ। त्यसैगरी राम्रो खेल प्रर्दशन गरेकोमा यूएईको क्रिकेट टोलीको पनि उनले प्रशंसा गरेका छन्। 

नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि खुसी व्यक्त गरेका छन्। 

'लिगका खेलहरुमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टीम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई बधाई', उनले भनेका छन्। 

त्यस्तै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि यूएईलाई हराउँदै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेकोमा बधाई दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .