ad ad

खेल


रोहित पौडेल भन्छन् : एउटा सपना थियो, आज पूरा भयो

रोहित पौडेल भन्छन् : एउटा सपना थियो, आज पूरा भयो

फाइल तस्बिर


नेपालखबर
चैत २, २०७९ बिहिबार १८:४५, काठमाडौँ

नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आफूहरुले देखेको एउटा सपना पूरा भएको बताएका छन्। 

यूएईलाई ९ रनले हराउँदै विश्वकप छनोट यात्रा पक्का गरेपछि सञ्चारकर्मीहरुको संवादमा उनले यस्तो बताएका हुन्।

'यो हाम्रा लागि ग्रान्ड फाइनल जस्तै भयो। टफ म्याच थियो', उनले भने, 'खेलाडीहरुले पनि राम्रो ब्याटिङ गरे। आरिफ र गुल्सनले राम्रो पार्टनरशिप गरे। योभन्दा अगाडि पनि चेज गरिसकेका थियौँ, त्यसैले जित्छौँ भन्ने थियो।'

उनले जित्नै पर्ने खेलमा नजिता आफूहरुको पक्षमा आएको बताए। 'हामी जित्छौँ भन्ने थियो आजको जित एकदमै महत्वपूर्ण थियो', उनले भने, '१२ गेमअघिसम्म ओडिआई जोगाउने तनाव थियो। तर मोन्टी देसाई सर आएदेखि नै हामीमा विश्वास बढ्यो।'

उनले लामो समयदेखि देखेको सपना पूरा भएको बताए। 'एउटा सपना थियो। यो सपना पूरा भएको जश हामी खेलाडीलाई दिन्छौँ', उनले भने, 'सरलाई जान्छ यो जश जान्छ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .