ad ad

खेल


नेपाली फ्यानहरुलाई प्रशिक्षक देसाईको आग्रह : सिक्दैछौँ, समर्थन गरिरहनुस्

नेपाली फ्यानहरुलाई प्रशिक्षक देसाईको आग्रह : सिक्दैछौँ, समर्थन गरिरहनुस्

फाइल तस्बिर


नेपालखबर
चैत २, २०७९ बिहिबार १९:५, काठमाडौँ

नेपाली क्रिकेट टोलीलाई विश्वकप छनोटमा पुर्‍याएपछि प्रशिक्षक मोन्टी देसाईले आफूहरु अझै सिक्ने चरणमै रहेको बताएका छन्। 

यूएईलाई ९ रनले हराएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले खेलाडीहरुले टिम गेम खेलेकाले जित सम्भव भएको बताए।

'खेलाडीहरुले मलाई विश्वास गरे। टिम गेम खेले', उनले भने, 'फ्यानहरुको साथ झनै ठूलो थियो। हजारौँ समर्थक आएर हौसला बढाउनु भयो', उनले भने, 'हामी अझै सिक्ने चरणमै छौँ, सिक्दै अघि बढ्छौँ। हामी समर्थन गरिरहनुस्।'

उनले आफूहरु अझै नयाँ कुरा सिक्ने यात्रामा रहेको बताए। 'विश्वकप छनोटमा पनि हामी केही सिक्छौँ', उनले भने, 'हामी नयाँ कुरा सिक्न चाहन्छौँ, सिकिरहेका छौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .