ad ad

खेल


विश्वकप छनोटमा पुगेका खेलाडीलाई प्रधानमन्त्रीले बोलाए

विश्वकप छनोटमा पुगेका खेलाडीलाई प्रधानमन्त्रीले बोलाए

नेपालखबर
चैत २, २०७९ बिहिबार १९:२३, काठमाडौँ

जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटमा पुगेको नेपाली टोलीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटार बोलाएका छन्। 

बिहीबार यूएईलाई ९ रनले हराउँदै विश्वकप छनोटमा पुगेको टोलीलाई प्रचण्डले शुक्रबार बिहान बालुवाटार बोलाएका हुन्। 

प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरि तिमल्सिनाका अनुसार क्रिकेट टोलीका सदस्यहरुका लागि भोलि नै पुरस्कार रकम घोषणा हुन सक्नेछ।

'प्रधानमन्त्रीले विश्वकप छनोटमा पुगेका नेपाली टिमका सदस्य, प्रशिक्षक र अफिसियलहरुलाई भोलि बालुवाटार बोलाउनु भएको छ', उनले नेपालखबरसँग भने, 'सम्मान रकमबारे भोलि नै घोषणा हुनेछ।'

बिहीबार खेलअघि पनि प्रचण्ड त्रिवि क्रिकेट मैदान पुगेका थिए। त्यहाँ पुगेर उनले खेलाडीहरुसँग संवाद गरेका थिए।

यसअघि खेलपछि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्डसहितका अन्य नेताहरुले नेपाली टोलीलाई बधाई दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .