अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रधानमन्त्री थ्री नेशन्स कप फुटबल प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरेको छ।
नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले मंगलबार २३ सदस्सीय टोली घोषणा गरेका हुन्। भुटान र लाओसविरुद्ध हुने प्रतियोगिताका लागि टिममा ७ जना नयाँ खेलाडी परेका छन्।
चैत ८ देखि १७ गतेसम्म हुने प्रतियोगिताका लागि नेपाली टोलीमा नयाँ खेलाडीका रुपमा दीपकराजसिंह ठकुरी, सुमित श्रेष्ठ, नवीन लामा, पदम भट्टराई, सनिश श्रेष्ठ, अभिषेक बराल र मणिकुमार लामाले प्रवेश पाएका हुन्।
नेपाली टोली
गोलकिपर : किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल
डिफेन्डर : सनिश श्रेष्ठ, विकास खवास, अनन्त तामाङ, पदम भट्टराई, आदित्य चौधरी, निशान खड्का
मिडफिल्डर : पुजन उपरकोटी, एरिक विष्ट , नवीन लामा, रोहित चन्द, कमल थापा, मणिकुमार लामा, भरत खवास
फरवार्ड : आयुष घलान, नवयुग श्रेष्ठ, दीपक सिंह ठकुरी, अन्जन विष्ट, आशिष चौधरी, सुमित श्रेष्ठ, मनिष डाँगी
सिंगल राउन्ड रोबिनका आधारमा खेलाइने यो प्रतियोगिताको विजेताले ५ हजार डलर पुरस्कार पाउने छन्।
एन्फाले उपविजेतालाई ३ हजार डलर पुरस्कार दिने भएको छ। त्यसैगरी उत्कृष्ट खेलाडीलाई ५ सय डलर र हरेक खेलका म्यान अफ दि म्याचलाई २५० डलर दिइनेछ।
प्रतियोगिताको उद्घाटन खेलमा नेपाल लाओस भिड्नेछन्। त्यसैगरी चैत ११ गते भुटान र लाओसबीच खेल हुनेछ। तेस्रो खेल चैत १४ मा नेपाल र भुटानबीच हुनेछ।
प्रतिक्रिया