अनन्त तामाङको गोलमा नेपालले लाओसविरुद्ध अग्रता बनाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको २९ औं मिनेटमा अनन्त तामाङले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका हुन्।
राष्ट्रिय टोलीका लागि अनन्तको यो तेस्रो व्यक्तिगत गोल पनि हो।
एरिक विष्टको कर्नरमा अनन्तले हेडर गोल गर्दै नेपाललाई १–० को अग्रता दिलाए। अनन्तले यसअघि लाओससँगको खेलमा नै गोल गरेका थिए।
त्यसअघि खेलको पाँचौ मिनेटमा आयुष घलानको क्रस नवयुग श्रेष्ठले भेट्न नसक्दा अग्रता बनाउनबाट चुक्यो। १८औँ मिनेटमाा पुजन उपरकोटीको प्रहार पोष्टको माथिबाट आकाशियो।
यो खेलमा एपीएफ फुटबल क्लबका सनिस श्रेष्ठले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन्।
दशरथ रंगशालामा भइरहेको खेलमा नेपाल र लाओस ६ वर्षपछि भेट भएका हुन्।
चैत ८, २०७९, बुधबार
प्रतिक्रिया