ad ad

खेल


नवयुग श्रेष्ठको गोलमा नेपालले अग्रता दोब्बर बनायो

नवयुग श्रेष्ठको गोलमा नेपालले अग्रता दोब्बर बनायो

लाओसविरुद्ध उत्कृष्ट गोल गरेपछि नवयुग श्रेष्ठ। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
चैत ८, २०७९ बुधबार १९:१५, काठमाडौँ

नेपालले लाओसविरुद्धको खेलमा दुई गोलको अग्रता बनाएको छ।

घरेलु मैदानमा नवयुगको पहिलो गोल प्रधानमन्त्री थ्री नेशन्स कप फुटबल प्रतियोगितामा नेपालले लाओसविरुद्ध अग्रता दोब्बर बनाएको छ।

दशरथ रगंशालामा खेलको ५६ औं मिनेटमा नवयुग श्रेष्ठले ४० यार्डबाट भलि गोल गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका हुन्।

यससँगै नवयुगले घरेलु मैदानमा पहिलो गोल गरेका छन्। नवयुगले राष्टिय टोलीबाट आठौँ गोल गरेका छन्।

त्यसअघि खेलको २९ औं मिनेटमा अनन्त तामाङले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए।

एरिक विष्टको कर्नरमा अनन्तले हेडर गोल गर्दै नेपाललाई १–० को अग्रता दिलाए। अनन्तले यसअघि लाओससँगको खेलमा नै गोल गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .