नेपाली राष्ट्रिय टिमबाट बुधबार लाओसविरुद्धको खेलमा ४ खेलाडीले डेब्यु गरेका छन्।
ए डिभिजन क्लब सातदोबाटो युथ क्लबका दीपक राजसिंह ठकुरीले राष्टिय टोलीमा डेब्यु गरेका छन्।
घरेलु मैदानमा लाहोसविरुद्धको खेलको ८२ औं मिनेटमा दिपकले नवयुग श्रेष्ठको स्थान लिर्दै मैदान छिरे। जारी खेलमा नेपालले लाओससविरुद्ध २–० को अग्रता बनाएको छ।
घरेलु मैदानमा लाहोसविरुद्धको खेलको ८२ औं मिनेटमा दिपकले नवयुग श्रेष्ठको स्थान लिँदै मैदान छिरे। जारी खेलमा नेपालले लाओससविरुद्ध २–० को अग्रता बनाएको छ।
यसअघि मणि लामाले पनि राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए।
नेपाल एपीएफ फुटबल क्लबका लामाले लाओसविरुद्धको खेलमा राष्ट्रिय फुटबल टोलीमा डेब्यु गरेका हुन्।
मणिले खेलको ७३ औं मिनेटमा नविन लामाको स्थान लिर्दै सिनियर टोलीमा डेब्यु गरेका हुन्।
फुटसल हुँदै फुटबलमा आएका मणि ए डिभिजन लिगमा एपीएफबाट सेन्टर मिडफिल्ड खेल्छन्।
त्यसैगरी खेलको अन्तिम समयमा सुमित श्रेष्ठले पनि डेब्यु गरेका छन्।
मनाङ मर्स्याङ्दी क्लबका मिडफिल्डर सुमितले पनि राष्ट्रिय फुटबल टोलीका डेब्यु गरेका हुन्।
इन्ज्युरी समयको अन्तिम मिनेटमा आयुष घलानको स्थान लिर्दै सुमितले सिनियर टोलीमा डेयु गरे।
सहिद स्मारक ए डिभिजन लिगमा मनाङबाट खेलेका सुमितले छोटो समयमा नै राष्ट्रिय टोलीमा स्थान बनाएका हुन्।
यसअघि लाओसविरुद्धको खेलका लागि मुख्य प्रशिक्षकले सार्वजनिक गरेको सुरुवाती ११ मा सनिस श्रेष्ठ थिए।
एपीएफ फुटबल क्लबका सनिस श्रेष्ठले लाओससँगको खेलमा सुरुवाती ११ मा पर्दै राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन्।
फ्रेण्डस क्लबबाट ए डिभिजनमा प्रभाव जमाएका उनी एपीएफ पुगेका हुन्।
राइट ब्याक र सेन्टर डिफेन्स खेल्जे सनिसले सिनियर टोलीमा डेब्यु गरेका हुन्।
प्रतिक्रिया