ad ad

खेल


थीस्टारलाई हराउँदै सुदूरपश्चिम ११ तिलोत्तमा गोल्डकपको फाइनलमा प्रवेश

थीस्टारलाई हराउँदै सुदूरपश्चिम ११ तिलोत्तमा गोल्डकपको फाइनलमा प्रवेश

नेपालखबर
चैत ८, २०७९ बुधबार १९:५६, बुटवल

बुटवलमा जारी तिलोत्तमा गोल्डकप अन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम ११ विजयी भइ फाइनलमा प्रवेश गरेको छ।

देवीनगरको एन्फा मैदानमा भएको सेमिफाइनल खेलमा थ्रीस्टारलाई १–०ले पराजित गरी सुदूरपश्चिम उपाधि नजिक पुगेको हो।  

पहिलो हाफ गोलरहित बराबरीमा भएको थियो। दोस्रो हाफमा खेलको ८६ औं मिनेटमा सुदूरपश्चिमका लागि फागुराम थारुले गोल गरेका थिए।
यो सँगै सुदूरपश्चिम–११ पहिलो पटक तिलोत्तमा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो।

प्रतियोगिता अन्तर्गत बिहीवार सेमिफाइनलको दोस्रो खेलमा फ्रेण्ड्स् क्लव र मनाङ मर्स्याङदी क्लबबीच प्रतिस्पर्धा हुने छ।

गोल्डकपको फाइनल खेल चैत्र ११ गते हुने छ। दुई विभागीय सहित ८ टिमले प्रतिस्पर्धा गरेको तिलोत्तमा गोल्डकपको विजेताले उपाधिसहित ११ लाख ११ हजार १ सय ११ प्राप्त गर्ने छन्। उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .