ad ad

खेल


राष्ट्रपति रनिङ शिल्ड वैशाखमा

राष्ट्रपति रनिङ शिल्ड वैशाखमा

फाइल तस्वीर


नेपालखबर
चैत ८, २०७९ बुधबार २२:५, काठमाडौँ

१३ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता वैशाख दोस्रो साता हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना हुने प्रतियोगिता वैशाख ७ देखि ९ गतेसम्म हुने राखेपले जनाएको छ। 

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुको प्रतिस्पर्धा हुनेछ। ५२ स्वर्ण पदकका लागि हुने स्पर्धामा सात प्रदेशबाट ६ सय ५८ खेलाडी सहभागी हुने राखेपले जनाएको छ। 

राष्ट्रियस्तरको सो प्रतियोगितामा एथलेटिक्समा २६, भलिबल र कबड्डीमा २, कराते र तेक्वान्दोमा ८ तथा उसुमा ६ स्वर्ण पदकका लागि स्पर्धा हुने खेलकुद प्रतियोगिता तथा योजना विभाग प्रमुख मिनकुमार शर्माले जानकारी दिए ।

प्रतियोगितामा एथलेटिक्समा १ सय ५४, भलिबल र कबड्डीमा समान १ सय २६ तथा कराते, तेक्वान्दो र उसुमा समान ८४ खेलाडी सहभागी हुनेछन्। व्यक्तिगत, समूहगत, शीर्ष तीन स्थान हात पार्ने टिम र राष्ट्रिय कीर्तिमान गरी प्रतियोगिताको कुल पुरस्कार राशी ९ लाख ८५ हजार रुपैयाँ रहेको छ। 

एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, भलिबल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, कराते सातदोबाटोस्थित कराते हल, तेक्वान्दो सातदोबाटोस्थित तेक्वान्दो हल र उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा हुनेछ। 

प्रतियोगिताको हरेक खेलका उत्कृष्ट खेलाडी छनोट गरी विशेष प्रशिक्षण्मा राखिने प्रमुख शर्माले बताए। 

प्रतियोगितालाई सम्पन्न गर्न राखेपका सदस्य सचिव टंकलाल घिसिङको संयोजकत्वमा ११ सदस्यीय प्रतियोगिता आयोजना तथा व्यवस्थापन समिति गठन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .