ad ad

खेल


ललितपुर मेयर्स कप टी-२० क्रिकेटमा सुदूरपश्चिमको विजय सुरुवात

ललितपुर मेयर्स कप टी-२० क्रिकेटमा सुदूरपश्चिमको विजय सुरुवात

नेपालखबर
चैत ९, २०७९ बिहिबार १३:१६, काठमाडौँ

सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स कप टी २० क्रिकेट प्रतियोगितामा विजय सुरुवात गरेको छ। 

बिहीबार भएको खेलमा सुदूरपश्चिमले आयोजक ललितपुर मेयर्स ११ लाई ५१ रनले हराएको हो। 

सुदूरपश्चिमले दिएको १ सय ३९ रनको लक्ष्य पछ्याएको ललितपुरले २० ओभरमा ७ विकेटको क्षतिमा ८६ रन मात्र बनाउन सक्यो। 

पहिलो विकेटका लागि लक्ष्मी चौधरी र कञ्चन श्रेष्ठले ४० रनको साझेदारी गरे। ओपनर लक्ष्मी चौधरी २५ रनमा रनआउट भइन्। कञ्चन १६ रनमा आउट भइन्। सोनी पाख्रिन ३ रनमा रनआउट भइन्। हेलिसा गुरुङ १९ रनमा रनआउट भइन्। सुजता थापा डक आउट भइन्। 

सुदूरपश्चिमकी रितु कनौजियाले एक विकेट आफ्नो नाममा गरिन्। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ३७ रनको योगफल तयार पारेको थियो। 

ओपनर तथा कप्तान बिन्दु रावल १८ रनमा बोल्ड आउट भइन्। १ बलको सामना गरेकी बिन्दुले ४ चौका हान्दा सोनी पाख्रिनको बलमा बोल्ड आउट भइन्। रुवी पोडार २८ बलमा क्याच आउट भइन्। ३३ बलमा ४ चौका हानेकी पोडार कृतिका मरासिनीको बलमा अस्मिना कर्माचायको हातबाट क्याच आउट भइन्। रेवती धामी डक आउट भइन्। 

चौथो ओभरको लागि सम्झना खड्का र कविता जोशीले ६७  रनको साझेदारी गरे। सम्झना ५१ र कविता २७ रनमा नटआउट रहे। ४५ बलको सामना गरेकी सम्झनाले ६ चौका हानिन्। कविताले २८ बलमा २ चौका र १ छक्का हाने। 

ललितपुरकी कृतिका मरासिनीले दुई विकेट लिइन्। कृतिकाले ४ ओभरमा १ मेडन राख्दै २४ रन दिइन्। सोनी पाख्रिनले एक विकेट लिइन्। 
आजै हुने दोस्रो खेलमा एपीएफ र मधेस प्रदेश भिड्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .