ad ad

खेल


राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक देसाइको पारिश्रमिक १५ लाख ८६ हजार

राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक देसाइको पारिश्रमिक १५ लाख ८६ हजार

नेपालखबर
चैत ९, २०७९ बिहिबार १५:७, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाइको पारिश्रमिक बढ्ने भएको छ। 

नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दले मुख्य प्रशिक्षक चन्दको पारिश्रमिक बढ्ने बताएका हुन्। 

आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा ओडिआई मान्यता जोगाएपछि क्यानले उनको पारिश्रमिक बढाउने तयारी गरेको हो।

मुख्य प्रशिक्षक देसाइले अब १२ हजार डलर पारिश्रमिक पाउनेछन्। यसअघि उनले १० हजार डलर पारिश्रमिक पाउँदै आएका थिए।

उनको पारिश्रमिक आगामी अप्रिलदेखि लागू हुनेछ। क्यानले मुख्य प्रशिक्षक देसाइलाई सबै खर्च कटाएर मासिक १२ हजार डलर दिनेछ। 

सो रकम हालको डलर मूल्य अनुसार १५ लाख ८६ हजार ४० रुपैयाँ हुन्छ।

देसाइले नेपाली टोली सम्हाल्नुअघि नै उनले नेपालको ओडिआई मान्यता जोगाए पारिश्रमिक बढाउने सम्झौता भएको थियो। सोही सम्झौता अनुसार क्यानले मुख्य प्रशिक्षक मोन्टीको पारिश्रमिक बढाएको हो। 

मोन्टीले नेपाली टोली सम्हालेयता १२ ओडिआई खेलमा ११ खेलमा जित निकालेको थियो। लिग २ सिरिजमा नेपालले पहिलो पटक स्कटल्यान्ड र युएईलाई पराजित गरेको थियो।

नेपालले ओडिआई मान्यता जोगाउनुका साथै जिम्बाबेमा हुने विश्वकप छनोटमा समेत स्थान बनाइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .