ad ad

खेल


मनाङ मर्स्याङ्दी  तिलोत्तमा गोल्डकपको फाइनलमा

मनाङ मर्स्याङ्दी  तिलोत्तमा गोल्डकपको फाइनलमा

नेपालखबर
चैत ९, २०७९ बिहिबार १९:५९, बुटवल

बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटबल अन्तरगत आज भएको खेलमा  मनाङ मर्स्याङदी क्लब  बिजयी हुँदै फाइनलमा प्रवेश गरेको छ।

देवीनगरको एन्फा मैदानमा भएको सेमिफाइनल खेलमा फ्रेण्ड्स क्लवलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गरेको हो। 

निर्धारित ९० मिनेटको खेल २(२ गोलको बराबरीमा टुंगिएपछी पेनाल्टी सुटआउटबाट नतिजा निकालिएको हो।

पेनाल्टी सुटआउटमा फ्रेण्ड्सका रुपेश केसी र डोना थापाले गोल गर्न नसक्दा जित मनाङको पक्षमा गएको हो।

निर्धारित समयमा फ्रेण्डस क्लबका तर्फबाट विदेशी खेलाडी रफिक अमेनुले खेलको ७ मिनेटमा नै गोल गरेका थिए। २६ मिनेटमा उत्तम राईले गोल गरे। 

पहिलो हापको ईजुरी समयमा मनाङ मर्स्याङदीका क्याप्टेन आशिष गुरुङले एक गोल गर्दै २-१ को अवस्थामा पुर्‍याएका थिए। 

दोस्रो हापको २ मिनेटमा नै मनाङका प्रशन्न श्रेष्ठले गोल गर्दै २(२को अवस्थामा पुर्‍याएका थिए। 

मनाङले उपाधिको लागि चैत्र ११ गते सनिवार  सुदुरपश्चिम ११ सँग प्रतिस्पर्धा गर्नेछ। 

यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा खेलमा सूदुरपश्चिम ११ ले थ्री स्टार क्लवलाई १-० गोलअन्तरले पराजित गर्दै फाईनल प्रवेश गरेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .