कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बुधबार २ खेल हुँदैछन्। काठमाडौँको दशरथ रगंशालामा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज र रुस्लान थ्रीस्टार क्लब भिड्दैछन्। खेल मध्यान १२ बजे सुरु हुनेछ।
आजको खेलमा जित हात पार्दै दुवै टोली अंक तालिका सुधार गर्ने दाउमा मैदान उत्रनेछन्।
चौथो चरणको खेल सकिदासम्म थ्रीस्टार छैटौं र ब्रिगेड सातौं स्थानमा छ। चार खेलमा थ्रीस्टारले २ मा जित हात पारेको छ भने १ मा हार र १ मा बराबरी गरेको छ। ब्रिगेडले भने २ मा जित र २ मा बराबरी गरेको छ।
आजै ३ बजे हुने अर्को खेलमा च्यासल युथ क्लव र विभागीय नेपाल पुलिस क्लव आमनेसामने हुनेछन्। पछिल्लो समय लयमा रहेको पुलिस च्यासललाई पराजित गर्दै दोस्रो स्थानमा उक्लने योजनामा छ। पुलिसले २ मा जित १ मा हार र १ मा बराबरी गरेको छ।
पछिल्ला २ खेलमा पराजित भएको च्यासल लय भने समात्ने योजनामा मैैदान उत्रनेछ। खेलेका ४ मध्ये १ खेलमा मात्र जित हात पारेको च्यासलले २ मा हार र १ मा बराबरी गरेको छ।
च्यासलको प्रदर्शनको मनोवैज्ञानिक असर कप्तान सन्तोष साहुखललाई पनि परेको देखिन्छ। कप्तानसाहुखल १ सय गोल गर्नबाट १ गोल मात्र टाढा छन्। ९६ गोलबाट लिगको सुरुवात गरेका कप्तान सन्तोषले सुरुवातको २ खेलमा ३ गोल गर्दै यो संख्यालाई ९९ पु¥याएका थिए।
पहिलो खेलमा संकटाविरुद्ध २ र दोस्रोमा मछिन्द्रविरुद्ध १ गोल गरेका उनले त्यसयताका दुई खेलमा गोल गर्न सकेका छैनन्।
प्रतिक्रिया