स्पेनिस लेफ्ट ब्याक जोडी अल्बाले सिजनको अन्त्यसँगै बासिलोना छाड्ने भएका छन्।
सिजनअगावै क्लबसँगको आपसी समझदारीमा जोडी अल्बाले सम्झौता तोड्ने निर्णय गरेका हुन्।
३४ वर्षीय अल्बाले सन् २०१२ मा भ्यालेन्सियाबाट बार्सा आएका थिए। बार्सिलोनाबाट उनले ६ ला लिगा, ५ कोपा डेल रे र १ च्याम्पियन्स लिग उपाधि उचालेका छन्।
यो सिजन क्याटलान क्लबले ला लिगा उपाधि जित्दा उनले २९ खेलसहित ४५८ खेल खेलेका छन्।
अल्बाले यो समरको अन्त्यमा क्लब छाड्दा सर्जियो बुस्केटसँगै रहनेछन्। कप्तान बुस्केटले यो सिजनको अन्तिममा १८ वर्षपछि बार्सिलोना छाड्नेछन्।
बार्सिलोनाले विज्ञप्ति जारी गर्दै भनेको छ- एफसी बार्सिलोना सार्वजनिक रुपमा उनको व्यावसायिकता, प्रतिबद्धता र समर्पण र बार्सिलोना परिवारका सबै सदस्यसँगको सकारात्मक र मैत्रीपूर्ण सम्बन्धका लागि कृतज्ञता व्यक्त गर्न चाहन्छ। बार्सा सधैँ तिम्रा लागि घर हुनेछ अल्बा।
प्रतिक्रिया