राष्ट्रिय फुटबल टोली र उमेर समूहलगायतलाई च्याम्पियन बनाइसकेका बालगोपाल महर्जनले प्रशिक्षकका रुपमा पहिलो पटक ए डिभिजन लिग जितेका छन्।
डेढ दशक लामो प्रशिक्षक जीवनमा महर्जनले ए डिभिजन लिगका सफल टोली मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबबाट लिग जित्न सफल भएका थिएनन्।
ए डिभिजन लिगको पहिलो सहभागितामा नै चर्च ब्वाइजलाई उपाधि दिलाउन महर्जन सफल भए।
प्रदीप हुमागाईँले छाडेपछि आठौं चरणको खेलबाट मात्रै महर्जनले चर्च ब्वाइजको कमान सम्हालेका थिए।
लिगको एक खेल अघि नै च्याम्पियन बनेपछि कप्तान अनन्त तामाङ र अन्जन विष्टका साथ पत्रकार पोष्ट म्याच कन्फ्रेन्समा उपस्थित भएका महर्जनले भने, 'हामी सन् २०१२ देखि सँगै छन्। मेरो छोराहरु जस्तै खेलाडीबाट गुरु दक्षिणा पाएको जस्तो महसुस गरेका छु। टोलीका सबै खेलाडी, व्यवस्थापनलगायत सबैलाई धन्यवाद दिन चाहान्छु।'
उनले थपे, 'घरेलु फुटबलको मेरुदण्ड लिग हो, होम एण्ड अवेको लिगमा च्याम्पियन बन्न पाँउदा खुसी लागेको छ। एक खेल अगावै च्याम्पियन बन्दा यसको श्रेय सबै खेलाडीलाई दिन चाहान्छु। देशको टोली होस् वा लिग, क्लब सबैमा एउटा प्यासन आवश्यक छ जुन खेलाडीमा थियो।'
अन्जन, अनन्त सम्मलित यू १९ टोलीले सन् २०१५ मा घरेलु मैदानमा साफ च्याम्पियन बनाउँदा उनै महर्जन प्रशिक्षक थिए।
राष्ट्रिय टोलीलाई बंगबन्धु गोल्डकप जिताएका महर्जनले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा यू २३ टोलीलाई स्वर्ण पदक दिलाएका थिए। उनले काठमाडौं रेजर्सलाई एनएसएल जिताएका थिए।
जेठ २३, २०८०, मंगलबार
99
Shares
प्रतिक्रिया