स्पानिस जायन्ट रियल मड्रिडमा १४ वर्ष बिताएका फ्रेन्च फुटबलर करिम बेन्जेमा साउदी च्याम्पियन अल इतिहादमा अनुबन्ध भएका छन्।
बेन्जेमाले अल–इतिहादसँग ३ वर्षको सम्झौता गरेका हुन्।
बेन्जेमा र क्लबको सम्झौता रकम सार्वजनिक नभए पनि उनी मोटो रकममा अल-इतिहाद पुगेको चर्चा छ।
३५ वर्षीय फ्रान्सेली स्ट्राइकर बेन्जेमाले म्याड्रिडसँग १४ वर्षमा ५ च्याम्पियन्स लिग र चार ला लिगासहित २५ ट्राफी जितेका थिए।
क्रिस्टियाना रोनाल्डोपछि साउदी पुग्ने बेन्जेमा दोस्रो खेलाडी हुन्। बेन्जेमाले रियलका लागि ३५४ गोल गरेका छन्। रोनाल्डोपछि बेन्जेमा रियलका दोस्रो सर्वाधिक गोलकर्ता हन्।
रोनाल्डोले रियलमा ४५० गोल गरेका छन्। रोनाल्डो साउदी कै अल–नासरबाट खेलिरहेका छन्।
अल-इतिहादसँग सम्झौता गरेपछि बेन्जेमाले भने, ‘यो राम्रो लिग हो र त्यहाँ धेरै राम्रा खेलाडीहरू छन्। रोनाल्डो पहिले नै यहाँ छन्, एक साथी जसले साउदी अरेबियाले आफ्नो स्तरलाई अझ अगाडि बढाउन थालेको देखाउँछ। म युरोपमा जस्तै जित्नको लागि यहाँ आएको हुँ।
प्रतिक्रिया