कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको छैटौं चरणको अन्तिम खेलमा मगंलबार त्रिभुवन आर्मी र संकटा क्लव भिड्दै छन्।
काठमाडौँको दशरथ रगंशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ। आजको खेलमा संकटालाई हराउँदै आर्मी शीर्ष स्थानमा पुनरामगन गर्ने योजनामा छ। संकटा पनि आर्मीलाई पाखा लगाउँदै ३ स्थान उक्लने दाउमा छ। करिव डेढ महिनाको प्रतिबन्धपछि सन्तोष तामाङ फर्किएपछि आर्मी अझै बलियो बनेको छ।
आर्मी १२ अंकमा दोस्रो र संकटा ७ अंकमा आठौ स्थानमा छ। छैटौँ चरणसम्म आर्मीले ४ खेलमा जित र १ मा हार भोगेको छ। लिगमा आर्मीले मनाङसँग मात्र पराजय भोगेको हो।
सकंटाले भने २ मा जित २ मा हार र १ मा बराबरी गरेको थियो।
छैटौँ चरणसम्म उपाधि दाबेदारको रुपमा हेरिएको मछिन्द्र र मनाङ मस्र्याङदी क्लबले अपराजित यात्रालाई कायम राखेका छन्।
प्रतिक्रिया