नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियर वरियतामा ३ स्थान माथि उक्लिएका छन्।
विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले मंगलबार जारी गरेको वरियतामा प्रिन्स ११ औं स्थानमा उक्लिएका हुन्।
प्रिन्स गत साताको वरियतामा १४ औं स्थानमा थिए। अघिल्लो साता उनी ३२ औं स्थानबाट १४ औं स्थानमा पुगेका उक्लिएका थिए।
गत साता मात्र काठमाडौंमा सम्पन्न पे्रसिडेन्ट्स कप इन्टरनेसनल सिरिज यू १९ मा उपविजेता समेत भएका थिए। फाइनलमा उनी भारतका मेइराबा लुवाङसँग पराजित भएका थिए। विश्व वरियतामा लुवाङ तेस्रो स्थानमा छन्।
जुनियर वरियतामा फ्रान्सका क्रिस्टो पोपोभ शीर्ष स्थानमा यथावत छन्। चीनका लिउ लियाङ दोस्रो, भारतका लुवाङ तेस्रो, भारतकै भरुण कपुर चौथो र चीनका रेन चिङ मिन पाँचौ स्थानमा छन्।
प्रतिक्रिया