खेल


दुई साताका लागि इजरायलमा निर्धारित सबै खेल स्थगित

दुई साताका लागि इजरायलमा निर्धारित सबै खेल स्थगित

नेपालखबर
असोज २२, २०८० सोमबार १५:३७, काठमाडौँ

युनियन अफ युरोपियन फुटबल एसोसियसन (युइएफए) ले प्यालेस्टाइनी विद्रोही समूह हमास हमलाका कारण हिंसाग्रस्त इजरायलका सबै खेल स्थगित गरेको छ।

युईएफले एक विज्ञप्ती जारी गर्दै इजरायलको वर्तमान सुरक्षालाई ध्यानमा राख्दै आगामी दुई साताका लागि इजरायलमा निर्धारित सबै खेलहरु स्थगित गर्ने निर्णय गरेको हो। नयाँ स्थगित खेलका लागि नयाँ मिति पछि तोक्ने बताएको छ।

युइएफएले युरोपियन च्याम्पियनसिप अन्तर्गत २०२४ को छनोट खेल, युरोपियन यू–२१ च्याम्पियनसिप २०२५ को छनोट तथा यूरोपियन यू–१७ च्याम्पियनसिप २०२४ का खेलहरु स्थगित गरेको हो।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी साम्बा पनि हाल महिला वुमन्स च्याम्पियन्स लिगका लागि इजरायलको रनानामा छिन्। साम्बा रहेको क्षेत्रमा अहिलेसम्म त्यस्तो कुनै गतिविधि नभएकाले सुरक्षित रहेको बताएकी छिन्।

शनिबार बिहानैबाट भएको आक्रमणमा परी अहिलेसम्म १० नेपालीले ज्यान गुमाएका छन्। गाजा क्षेत्रमा हिंसाको कारण अहिलेसम्म १ हजार भन्दा बढीले ज्यान गुमाएका छन्। करिब ३ हजार भन्दा बढी घाइते भएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .