ad ad

खेल


आईलिगमा अनिताको टोलीको शानदार जित

आईलिगमा अनिताको टोलीको शानदार जित

नेपालखबर
माघ १६, २०७६ बिहिबार ८:४०,

राष्ट्रिय टोलीकी मिडफिल्डर अनिता बस्नेत सम्मिलित सेथु एफसीले भारतीय महिला लिग फुटबलमा शानदार जित निकालेको छ। ब्याङग्लोर फुटबल स्टेडियममा बिहीबार भएको खेलमा सेथुले बीबीके एफसीलाई ९–० को फराकिलो अन्तरले हराउँदै लिगमा दोस्रो जित हात पारेको हो।

पहिलो हाफमा ३–० ले अग्रता बनाएको सेथुले दोस्रो हाफमा ६ गोल थपेको थियो। आजको खेलमा सन्ध्या र कार्तिकाले ह्याट्रिक पूरा गरे।

पहिलो हाफको १४औं मिनेटमा सन्ध्याले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन्। सुमित्राले १८ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेकी थिइन्। सन्ध्याले पुनः ४५ मिनेटमा तथा खेलको ८८औँ मिेनटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। व्यक्तिगत दोस्रो तथा क्लबका लागि तेस्रो गोल गरिन्।

कार्तिकाले ५१, ८२ र आठौँ मिनेटमा गोल गर्दै ह्याट्रिक गर्दा सुमित्राले १ र ५९ तथा कुन्ती कुमारी लक्राले ८४औं मिनेटमा गोल गरे।

समूह ‘ए’मा रहेको सेथुले पहिलो खेलमा कोहलपुर एफसीलाई ५–० ले हराउँदै लिगमा विजयी सुरुवात गरेको थियो।

दोस्रो खेलमा कृप्सा एफसीसँग २–० ले पराजित भएको साविक विजेता सेथुले उत्कृष्ट पुनरागमन गरेको हो।

सेथु एफसीबाट अनिताले दोस्रो पटक आइलिग खेपलरहेकी छन्। गतसंस्करण सावित्रा भण्डारी र अनिता एउटै टोलीमा थिए। यो संस्करण सावित्राले गोकुलम केरला एफसीबाट लिग खेलिरहेकी छन्।

गोकुलमले आगामी शनिबार ओडिसा पुलिससँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .