खेल


झापा र स्पोर्टिङ इलाम पहिलो हाफमा गोलरहित बराबरी

झापा र स्पोर्टिङ इलाम पहिलो हाफमा गोलरहित बराबरी

नेपालखबर
मंसिर ११, २०८० सोमबार १८:२६, काठमाडौँ

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत झापा एफसी र स्पोर्टिङ इलाम एफसीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो। पहिलो हाफमा दुजै टोलीले गोल गर्ने सुन्दर मौका पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन्।

खेलको १० औं मिनेटमा फोडे कामाराको फ्रिकीक सिधै पोष्टको माथिबाट बाहिरियो।

११ औं मिनेटमा जर्ज सान्चेजको प्रहार पहिलो बारको नजिकबाट बाहिरिदा अग्रता बनाउने मौका गुमायो। इलामका गोलरक्षक विकेश कुथु विट भएको अवस्थामा उनको प्रहार पहिलो बारको नजिकबाट बाहिरियो।

खेलको २९ औं मिनेटमा इलामका इब्राहिमको प्रहर पहिलो बारको नजिकबाट बाहिरियो। ३८ औं मिनेटमा फाडृ कामाराको क्रसमा भरत खवासको प्रहार क्रसबारबाट बाहिरिदा इलामले अग्रता बनाउने मौका गुमायो।

खेलको ४४ औं मिनेटमा झापाका अञ्जन विष्टको हेडर क्रसबारमा लाग्दै बाहिरियो। किपर बिट भएको अवस्थामा छिरिङ लामाको पासमा अञ्जनको प्रहार पोष्टमा लाग्दै बाहिरियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .