खेल


बार्सिलोना नकआउट चरणमा प्रवेश

बार्सिलोना नकआउट चरणमा प्रवेश

नेपालखबर
मंसिर १३, २०८० बुधबार १०:४७, काठमाडौँ

क्याटलान क्लब बार्सिलोना च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ। 

पाँच पटकको च्याम्पियन बार्सिलोना सन् २०२०–२१ पछि च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको हो। 

मंगलबार राति भएको खेलमा समूह ‘एच’ को खेलमा पोर्तोलाई २–१ ले पराजित गर्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गरेको हो। 

खेलको पहिलो हाफमा १–० ले पछि परेको बार्साले पुनरागमन जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो। 

खेलको ३० औं मिनेटमा एक्विनो कोसाको गोलमा पोर्तोले सुरुआती अग्रता बनाएको थियो। त्यसको २ मिनेटमा नै जाआओ क्यान्सेलोले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका थिए। 

पहिलो हाफमा १–१ को बराबरी भएको खेलको दोस्रो हाफमा बार्साले थप १ गोल थप्यो। खेलको ५७ औं मिनेटमा जोआओ फ्रिलिक्सको गोलमा बार्सिलोनाले २–१ को अग्रता बनायो। 

पराजित पोर्तो र शख्तर डोनेक्टुसको समान ९ अंक छ। बार्साले भने १२ अंक बनाएको छ। यो समुहमा रहेको रोयल एन्टवग अंक विहिन रुपमा पुछारमा छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .