खेल


अब एनएसएलका बाँकी खेल साँझ ५ बजेबाट हुने

अब एनएसएलका बाँकी खेल साँझ ५ बजेबाट हुने

नेपालखबर
मंसिर १७, २०८० आइतबार १७:५१, काठमाडौँ

नेपाल सुपर लिग (एनएसएल) का अबका बाँकी खेलहरू साँझ ५ बजे सुरु हुने भएका छन्। 

आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालि (एनएसइएम) ले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै लिगका बाँकी खेलहरू साँझ ५ बजेका लागि सारिएको जानकारी दिएको हो।

लिगमा सोमबारदेखि नै खेलहरु साँझ ५ बजे सुरु हुनेछ। यसअघि लिगका खेलहरु साँझ साढे ५ बजे हुँदै आएको थियो। 

तर शनिबारका खेलहरू भने पुर्व प्रकाशित तालिका अनुसार नै हुने एनएसइउमका प्रावन्ध निदेर्शक श्रीयांस कार्कीले जानकारी दिए। 

९ टोली सहभागी एनएसएलमा ४० खेल हुनेछ। आइतबार लिगको १२ औँ खेल भइरहेको छ। गत संस्करणका ६ टोली र नयाँ तीन गरी ९ टोलीले लिगमा स्पर्धा गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .