खेल


इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्टमा यशस्वी जैसवालको पहिलो दोहोरो शतक

इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्टमा यशस्वी जैसवालको पहिलो दोहोरो शतक

नेपालखबर
माघ २०, २०८० शनिबार १०:४७, काठमाडौँ

भारतका बायाँ हाते ओपनर ब्याट्सम्यान यशस्वी जैसवालले विशाखापट्टनम टेस्टमा आफ्नो करियरको पहिलो दोहोरो शतक बनाएका छन्।

यशस्वी जैसवालले आफ्नो २ सय ७७ बलमा १८ चौका र ७ छक्का प्रहार गर्दै २०० रन पूरा गरे।

उनले लगातार दुई बलमा पहिलो छक्का र चौका प्रहार गर्दै दोहोरो शतक पूरा गरे।

छैटौं टेस्टमा उनको यो पहिलो दोहोरो शतक हो। आफ्नो छोटो करियरमा जैसवालले अहिलेसम्म दुई शतक र दुई अर्धशतक बनाएका छन्।

हिजोको अविजित १७९ रनबाट शनिबार जैसवालले आफ्नो पारी विस्तार गरेका थिए। उनीसँगै आर अश्विन खेलिरहेका थिए। तर उनी २० रन बनाएर आउट भए।

पछिल्लो समाचारसम्म भारतले सात विकेट गुमाएर ३८० रन बनाएको छ।

इंग्ल्यान्डविरुद्धको पाँच खेलको टेस्ट शृंखलाको दोस्रो खेलको पहिलो दिन भारतले ६ विकेटमा ३ सय ३६ रन बनाएको छ। 

यो खेलमा भारतीय ओपनर यशस्वी जैसवालले आफ्नो टेष्ट करियरको दोस्रो शतक प्रहार गरेका छन्। 

यशस्वीले शुक्रबार २५७ बलमा अविजित १७९ रन बनाएका थिए। तर, उनीबाहेक अन्य कुनै पनि भारतीय ब्याट्सम्यानले अर्धशतकसम्म बनाउन सकेनन्। 

कप्तान रोहित शर्माले १४, शुभमन गिलले ३४, श्रेयस अय्यरले २७, रजत पाटीदारले ३२, अक्षर पटेलले २७ रन बनाए।

इङ्ल्यान्डका लागि रेहान अहमद, शोएब बशीर र जेम्स एन्डरसनले दुई–दुई तथा टम हार्टलीले एक विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .