ad ad

खेल


क्यानडाविरुद्ध सिनियर र जुनियर कप्तानको अर्धशतक

क्यानडाविरुद्ध सिनियर र जुनियर कप्तानको अर्धशतक

तस्बिर : सरोज नेपाल


लक्ष्मी जि.सी
माघ २७, २०८० शनिबार १५:२५, काठमाडौँ

सिनियर टोलीका कप्तान रोहित पौडेल र उमेर समूहका कप्तान देव खनालले क्यानडाविरुद्ध अर्धशतक पूरा गरेका छन्। 

तीन खेलको एक दिवसीय सिरिजको दोस्रो खेलमा खनाल र पौडेल दुवैले अर्धशतक पूरा गरे।  

देवले २७ ओभरको अन्तिम बलमा अर्धशतक पूरा गरेका हुन्। देवले ५६ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। ओडिआईमा देवको यो तेस्रो अर्धशतक हो। 

रोहितले ६७ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। ओडिआइमा रोहितको यो नवौँ अर्धशतक हो। 

अहिले नेपालको इनिङस् सिनियर टोलीका कप्तान रोहित पौडेल र उमेर समुहका कप्तान देवले सम्हालिरहेका छन्। 

क्यानडाविरुद्ध देव ५२ र रोहित ५० रनमा नटआउट छन्। 

तेस्रो विकेटका लागि रोहित र देवले १ सय ६३ रनको अविजित साझेदारी गरेका छन्। 

क्यानडाले दिएको २ सय ८६ रनको लक्ष्य पछ्याएको नेपालले २७ ओभरमा २ विकेटको क्षतिमा १ सय ६७ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .