खेल


पारा ओलम्पियन मैया विशुंखेलाई पारा एथलिट सम्मान

पारा ओलम्पियन मैया विशुंखेलाई पारा एथलिट सम्मान

तस्बिर : सरोज नेपाल


नेपालखबर
माघ २८, २०८० आइतबार १८:७, काठमाडौँ

पारा ओलम्पियन मैया विशुंखेलाई एनएसजेएफ पारा एथलिट सम्मान प्रदान गरिएको छ।

नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार एक विशेष समारोह आयोजना गरेर पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत पारा एथलिट विधाको सम्मान मैयालाई प्रदान गरेको हो। 

जन्मिँदा नै दायाँ हातको आधा भाग नभएकी उनलाई सानैमा आमाले छाडेकी थिइन्। बुवासँग हुर्किएकी उनी १० वर्षको उमेरमै बुवालाई गुमाउन बाध्य भएकी थिइन्। 

एथलेटिक्सकी प्रतिभावान खेलाडी उनी एसओएसबाट सन् २००६ मा राष्ट्रिय च्याम्पियनसिपमा भाग लिएर स्वर्ण पदक चुमिन्। त्यसपछि उनले कहिले पछाडि फर्केर हेर्नु परेन।

उनले सन् २०० ८ मा चीनको बेइजिङमा भएकव पारा ओलम्पिक प्रतियोगितामा छनोट भइन्। तर कोटा सकिएको बताएर उनलाई भाग लिनबाट बञ्चित गरियो। 

उनले सन् २००९ मा जापानमा भएको युथ पारा गेम्समा भाग लिइन्। त्यसपछि ओलम्पिक खेल्ने सपना सन् २०१२ मा पूरा भयो।

उनले चीनको ग्वाङझावमा भएको एशियाली पारा गेम्समा खेलिन्। सन् २०१२ मा उनले लण्डन ओलम्पिक पारा गेम्समा खेल्ने अवसर पाइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .