खेल


भारोत्तोलनका राजेन्द्रकुमार प्रधानलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’

भारोत्तोलनका राजेन्द्रकुमार प्रधानलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’

तस्बिर : सरोज नेपाल


नेपालखबर
माघ २८, २०८० आइतबार १८:५०, काठमाडौँ

भारोत्तोलनका पुराना खेलाडी राजेन्द्रकुमार प्रधानलाई एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ को लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। 

कुनै बेलाका चर्चित भारोत्तोलन खेलाडी एवम् अहिलेका प्रशिक्षक प्रधानलाई आइतबार राजधानीमा आयोजित एक समहारोमा उक्त अवार्ड प्रदान गरिएको हो।

अवार्डसँगै प्रधानलाई नगद ५० हजार रुपैयाँ पनि प्रदान गरिएको छ। उनी अहिले भारोत्तोलन खेलको निर्णायकका रुपमा पनि देखिन्छन्। 

 प्रधान सन् १९७८ मा मिस्टर काठमाडौँ पनि भएका थिए। सन् १९७८ मा उनी एसियन गेम्स खेल बैंकक पनि पुगेका थिए। तर उनले त्यहाँ प्रतिस्पर्धाबाट बञ्चित हुनु परेको थियो। 

लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित उनी बोल्न सक्दैनन्। तर अहिले पनि उनी नयाँ पुस्ताका खेलाडीलाई नियमित प्रशिक्षण दिइरहन्छन्। 

स्पोर्ट्स अवार्डमा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड पनि घोषणा भइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .