खेल


नेपाललाई जितका लागि नेदरल्यान्ड्सले दियो १३८ रनको लक्ष्य

कुशल भुर्तेलको घातक बलिङ
नेपाललाई जितका लागि नेदरल्यान्ड्सले दियो १३८ रनको लक्ष्य

नेपालखबर
फागुन ५, २०८० शनिबार १२:१७, काठमाडौँ

कुशल भुर्तेलको घातक बलिङमा आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी खेलमा नेदरल्यान्ड्सले नेपाललाई जितका लागि १ सय ३८ रनको सामान्य लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेदरल्यान्ड्स ३९ ओभरमा १ सय ३७ रन बनाउँदा अलआउट भयो।

नेदरल्यान्ड्सलाई कम स्कोरमा रोक्न नेपालका कुशल भुर्तेलले ४ विकेट लिए। ललित राजवंशीले २ विकेट लिए। सोमपाल कामी र रोहित पौडेलले समान १/१ विकेट आफ्नो नाममा गरे। 

कुशलले ७ ओभरमा मात्र २० रन दिदा ४ विकेट लिए। 

कुशलले ३९औँ ओभरको अन्तिम बलमा भिभियन किंग्मालाई २ रनमा पेभेलियनको बाटो देखाउँदै नेदरल्यान्ड्सलाई अलआउट गरे। 

३५औँ ओभरको दोस्रो बलमा कप्तान स्कट इवार्ड ३३ रन बनाउँदा कुशल भुर्तेलको बलमा एलबीडब्लु धरापमा परे। उनले नै ३३औँ ओभरको अन्तिम बलमा आर्यन दत्तलाई १० रनमा भीम सार्कीको हातबाट क्याच आउट गराए। 

रोहितले २८औँ ओभरको दोस्रो बलमा सारिज अहमदलाई १ रनमा बोल्ड आउट गराए। कुशलले २७ ओभरको तेस्रो बलमा वेस्ली बेरिसलाई शून्य रनमा नै दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट गराए। नोक क्रोइस १२ रन बनाउँदा रन आउट भए।

बास डे लिड २७ रन बनाउँदा ललितको बलमा बोल्ड आउट भए। ललितले नै १६औँ ओभरको चौथो बलमा साइब्रान्ड एङ्गलडेब्रेचलाई २३ रनमा अनिल शाहको हातबाट क्याच आउट गराएका थिए।

छैटौँ ओभरको अन्तिम बलमा ओपनर म्याक्स ओ डाउन १० रन बनाउँदा रन आउट भए।

तीव्र गतिका बलर सोमपाल कामीले ओपनर माइकल लेभिटलाई पहिलो ओभरको तेस्रो बलमा शून्य रनमा देव खनालको हातबाट क्याच आउट गराए। सोमपालले पहिलो ओभरमा नै मेडन विकेट लिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .