खेल


नेदरल्यान्ड्सविरुद्ध नेपालको सानदार प्रदर्शन जारी, यस्तो छ अहिलेसम्मको अवस्था

नेदरल्यान्ड्सविरुद्ध नेपालको सानदार प्रदर्शन जारी, यस्तो छ अहिलेसम्मको अवस्था

तस्बिर : सरोज नेपाल


नेपालखबर
फागुन ५, २०८० शनिबार १३:२०, काठमाडौँ

आईसीसी विश्वकप लिग-२ अन्तर्गत जारी खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध सानदार प्रदर्शन गरिरहेको छ। 

नेदरल्यान्ड्सले दिएको १ सय ३८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ८ ओभरको समाप्तिमा १ विकेट गुमाउँदै ८३ रन बनाएर खेलिरहेको छ। 

क्रिजमा आशिफ शेख ३२ र अनिल शाह २१ रनमा नटआउट छन्। 

त्यसअघि ओपनर कुशल भुर्तेल २८ रन बनाउँदै क्याच आउट हुन पुगे।

तेस्रो ओभरको पाचौँ बलमा कुशल भिभियन किंग्माको बलमा क्याच आउट हुन पुगे। कुशलले ११ बलमा ३ छक्का र २ चौका हाने। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेदरल्यान्ड्स ३९ ओभरमा १ सय ३७ रन बनाउँदा अलआउट भयो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .